बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् ।
२५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । जगदीश र सुमित्राको सृष्टि सहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरि तीन सन्तान हुन् । अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन भने अनुराग काठमाडाैंमा बसेर पढाई गर्दै छन् । भाई र बहिनीको पठाईको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाईले धानेको थियो ।