छिमेकीले चलाएको मोटरसाइकलमा चडेकी थिइन् बिर्तामोडमा ज्यान गुमाएकी तुलसा

 


 छिमेकीले राम्ररी मोटरसाइकल नचलाउँदा दुर्घटनामा परी इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीले ज्यान गुमाउनु पर्यो ।

हिजो साँझ ५:१० बजे बिर्तामोडको हिकोला अगाडिको राजमार्गमा उनी चढेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तुलसाकै छिमेकी ३६ वर्षीय थिरप्रसाद सुवेदी रहेका थिए । चालक सुवेदीलाई केही पनि भएन तर, तुलसाकाे घटनास्थलमै ज्यान गयो ।

Post a Comment

Previous Post Next Post

adcash