कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आधार शिविरमा एउटा मानव अवशेष भेटिएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षत्रीका अनुसार स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएकोबारे शनिबार जानकारी दिएका थिए ।