त्रिशूली नदीमा बेपत्ता भएका परिवारले गरे कुशको शव बनाएर अन्तिम संस्कार


 सिमलताल पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खस्दा बाराका चारजना बेपत्ता भएका थिए। घटनाको एक सातासम्म शव फेला नभएपछि चारमध्ये तीनजनाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

उक्त घटनामा परेका बाराका चारयात्रुमा प्रसौनी गाउँपालिका– २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी, बिश्रामपुर– ३ का प्रमानन्द पंडित र कलैया उपमहानगरपालिका– १४ की सृष्टि यादवको अवस्था अझै अज्ञात छ।

लगातार खोजी गर्दा पनि उनीहरू जीवित रहेको यकिन हुन नसकेको तथा शव पनि फेला नपरेको कारण परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने कार्य सुरु गरेका हुन्।


Post a Comment

Previous Post Next Post

adcash