उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै बच्चाको जन्म होला भन्ने आशाका साथ आएका यम वहादुरलाई नेपालगञ्ज लैजानु पर्छ भन्दा आकाशै खसे झै भयो । आर्थिक अवस्था कमजोर भएका यम वहादुरलाई अव के गरम कसो गरम भयो । नेपालगञ्ज लैजान पैसा छैन ।