बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ ।
सुनसरीको धरानमा बुधवार मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुस्टी भएको छ । घटनाको २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गरी धरान ल्याएको छ ।